२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउनसक्छ : अर्थविद्हरु


13
Shares

काठमाडौं, पुष २ । अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरि ओरालो लागेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शुक्रबार ’नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ अर्थविद्हरूसँग गरेको छलफलका क्रममा अर्थविद्हरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थालेको बताएका हुन् ।

समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दि आउने संकेत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताउनु भएको छ । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमि, मूल्य वृद्धि, बैंकहरुमा ब्याजदर बढ्दै गएको बताउनुभयो । उहाँले यसरी विश्व अर्थतन्त्र नै संकटमा पर्ने अवस्था आएकाले त्यसको असर स्वाभाविक रुपमा नेपालमा देखिने बताउनुभयो । अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थतन्त्रका सूचकहरु संकट उन्मुख देखिएको बताउनुभयोे । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको,शोधान्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजश्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताउनुभयो ।

अर्थविद् अधिकारीले नेपालमा संघियता लागूभए पनि प्रणाली राम्रो नभएको बताउनुभयो । उहाँले संविधानले नै संघिय संरचना भद्दा बनाएको बताउनुभयो । उहाँले संघियताका कारण प्रशाशनिक हिसाव समेत ठूलो बन्दै गएको बताउनुभयो । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताउनुभयो ।

त्यस्तै अर्का अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चंगुलले अर्थतन्त्र तहसनहस भएको बताउनु भएको छ । उहाँले विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बनाएर अगाडी बढ्ने गरेको बताउनुभयो ।

अर्थविद् डिल्लीराज खनालले बैंकिङ क्षेत्रको लगानी बढेको तर, उत्पादन मुलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताउनुभयो । खनालले बैंक तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग, आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा संकट आएको बताउनुभयो । उहाँले बैंकिङ कर्जा आयातमा लगानी हुदाँ आयात बढेको र राजश्व पनि बढ्यो बताउनुभयो ।

त्यस्तै अर्थविद् डा.पोषराज पाण्डेले सरकारी निकायबाट हुने अर्थतन्त्रको मूल्याकन यथार्थवादी हुनुपर्ने बताउनुभयो । डा. पाण्डेले सरकारले आर्थिक सूचकहरु मूल्याङकन गर्दा अर्थाथमा गएर गर्ने नगरेको बताउनुभयो । उहाँले सरकारले नै यथार्थवादी भएर सूचक मापन गर्दा थप समस्या आउने गरेको बताउनुभयो । उहाँले मुलुकको अर्थमन्त्री पुँजीगत खर्च बढाउन नसक्ने तर ७ प्रतिशत आर्थिक वृद्धिदर हुने बताउनुभएको छ ।

समितिको छलफलमा सहभागि सबै अर्थविद्हरुले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परेको बताउनु भएको छ । उहाँले यसको लागि सरकारले आयातलाई रोक्नु पर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु सुझाव दिनुभएको छ ।