काठमाडौं । नेकपा ९एमाले० पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालले अन्तर पार्टी निर्देशन ९अपानि० जारी गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो ।
चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले आज अपानि जारी गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।
त्यस्तै, पार्टीको समग्र नेतृत्व अध्यक्ष केपी ओलीले गर्नु हुनेछ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाउनु भएको छ । उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।
त्यसैगरि सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी महासचिव शंकर पोखरेलले पाउनु भएको छ । उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्