Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


टोखा नगरपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता


0
Shares

काठमाडौं, साउन २० । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखामा रहेका सांस्कृतिक सम्पदाको संरक्षण गरी नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

राजधानीमा आइतबार आयोजित अन्तरक्रियामा उनले पर्यटन विकासबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे । मौलिक संस्कृति, सम्पदा र परम्परागत जात्रा तथा चाड पर्वहरुको प्रचारप्रसार गर्न सके उक्त लक्ष्य सजिलै पूरा गर्न सकिने अधिकारीको भनाइ थियो ।

उपत्यकाको ऐतिहासिक नगरी टोखालाई नगरपालिकाले सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरेको छ ।