
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.मा आवद्ध हुनुहुन्छ । त्यसैगरी साधारणसभाले रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. लाई चयन गरको छ ।
यस्तै सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन हुनुभएको छ ।
संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा युमा श्रेष्ठ ( हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रा.लि.) रहेका छन् । नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गर्नुएको छ ।
संघको १६औं वार्षिक साधारण सभाको अवसर पारेर हालसम्म संघको पदाधिकारीमा रही काम गर्नुभएका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्