 
	    काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताउनु भएको छ ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताउनु भएको हो ।
उहाँले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रिय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेका पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताउनुभयो । उहाँले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताउनुभयो । नेता पौडेलले नेपाली कांग्रेसभित्र वृहत एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरुको भावनालाई प्रतिनिधित्व हुनेगरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्