Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


भूपेन्द्र हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान


0
Shares

कैलाली । कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य ३ जना भने धरौटीमा छुटेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गरीएको बताउनुभयो ।

लम्कीचुहा नगरपालिकाका महेश रावल, धिरज भन्ने दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्कीचुहाकै कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिकाका प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका बस्ने रोहित आले र टीकपुरकै शोहन शाहलाई कारागार चलान गरिएको हो ।

हत्या अभियोग लागेका ९ जना अझै फरार छन । बडुवालको कार्तिक २३ गते टीकापुरमा हत्या भएको थियो ।