३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मेयर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते (५ तस्वीर)


0
Shares

प्रदीप पौडेल (इमेज):

पोखरा, असार १ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउनेक्रममा रेलिङ भत्किएर तीनजना घाइते भएका छन् ।

शुक्रबार फिर्केखोलामा पैदलमार्गको शुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिएपछि उक्त घटना भएको हो ।

रेलिङ भाँचिएपछि कार्यक्रमको समाचार संकलनका लागि पुगेका सन्चारकर्मी रञ्जन अधिकारी, सन्देश श्रेष्ठ र स्थानीय गौरी पौडेलसहित पाँचजना फिर्केखोलामा खसेका थिए ।

घाइते तीनमध्ये पौडेललाई बढी चोेट लागेको छ । उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ ।

मेयर जिसीले डोजर चलाएर उद्घाटन गर्नेक्रममा उक्त घटना भएको हो । उनले डोजरको लिबर दबाउनेक्रममा वकेटले रेलिङ भत्काएपछि त्यसमा अडेस लागेर फोटो खिचिरहेका पत्रकार र स्थानीय फिर्केखोलामा खसेका हुन् ।

पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर–१८ को अँधेरीकुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किमिको दुरीमा पैदलमार्ग बनाउने महानगरको योजना छ ।

पैदलमार्ग बनाउनका लागि फिर्केखोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।