
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
१४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो ।
उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । पूर्व सिँचाइ मन्त्री समेत हुनु भएका गिरी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेमा आवद्ध हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्