
काठमाडौं, मंसिर १७ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग लगाउने तर्खर भइरहेको दाबी गर्नुभयो ।
कांग्रेसका राष्ट्रियसभा सांसद अधिकारीले प्रधानन्यायाधीशको बहिर्गमनका लागि महाअभियोग नै संविधानसम्मत भएको बताउनुभयो । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीशविरुद्व महाअभियोग लगाउन ढिलाइ गर्न नहुने सुझाव दिनुभयो ।
माओवादी सांसद विडारीले मंसिर २८ गते आह्वान गरिएको संघीय संसदको बैठक महाअभियोग लगाउने प्रयोजनका लागि भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश राणालाई भ्रष्टको संज्ञा ११ सदस्यीय संसदीय छानवीन समिति गठन हुने जिकिर गर्नुभयो ।
दलहरुले प्रधानन्यायाधीशलाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीको भनाइ थियो । सांसद बिडारीले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश राणाको बर्हिगमन हुने दावी गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्