२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सेलरोटीमार्फत आत्मनिर्भरको सन्देश छर्दै अनेमसंघमा आवद्ध महिलाहरु


0
Shares

डोलराज राणाभाट

चितवन । पर्यटकीय नगरी सौराहा । केहीदिन देखि गुन्जयमान छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ११ गतेदेखी जारी छ । सहमतिमै नेतृत्व चयनको प्रयास गर्दा गदै पनि अन्नत निर्वाचन हुने भएको छ । चितवनको सौराहामा अझै केही दिन चहपहल हुने भएको छ ।

धेरैलाई यहाँको रमणीय वातावरण हेर्न, छलफल, बहस गर्न भ्याईनभ्याई छ । तर बिरन्जना सापकोटा घिमिरेलाई भने ती कुरा सहित थप अर्को जिम्मेवारी पनि छ, त्यो हो स्टलमा आएका पाहुनालाई माग बमोजिमको रोटी तरकारी पुर्याउनु । अखिल नेपाल महिला संघ (अनेमसंघ) रत्नगर चितवनकी संयोजक सापकोटाले स्थानीय महिलासहित सेल रोटी र तरकारीको सेवा दिईरहनुभएको छ। प्रतिनिधि र पाहुनालाई बाहिर खाजा खान जानुपर्ने बाध्यतालाई सहज बनाउने कोसिसमा उहाँ हुनुहुन्छ ।

उहाँसहित अन्य महिला दिदिबहिनीहरुले पनि सस्तो दरमा सेवा दिइरहनुभएको छ । टाढा टाढाबाट आउनु भएका पाहुनाहरुलाई होटलमा खाजा घर आदिबारे अन्योलता हुने भएकाले आफ्नो स्टलले ठुलो सहयोग पुर्याएको उहाँले बताउनुभयो । सेवा उपलब्ध गराउन यो कार्य सुरु गरेको बताउँदै हिजो देखि उक्त काम सुरु गरेको र पहिलो दिन ३० हजार बराबरको कारोबार भएको सापकोटा बताउँनुहुन्छ । ‘बाहिर एक सय पर्ने खानेकुरालाई हामीले हामीले ५० मै दिएका छौ,’ उहाँले भन्नुभयाे ‘दुईवटा ठूलो रोटी र तरकारीलाई सो रकम लिईएको हो ।’

सापकोटा भन्नुहुन्छ, ‘नाफा भन्दा पनि उत्पादन गर्नुपर्छ र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले पनि यो स्टल राखिएको छ ।’ साथै घरका लागि कहिलेकाहि सेल रोटी पकाएका महिलाहरुले समेत व्यवसाय नै सुरु गर्दा रोटी पकाएर पनि राम्रै आम्दानी हुन सक्ने उहाँले बताउनुभयो । व्यवसाय नै गरेका महिलाको जीवनस्तरमै परिवर्तन आएको सापकोटाले बताउनुभयो ।

सेल रोटी मात्र होईन महिलाहरुले उत्पादन गरेका बेसार, भटमास, पोते पनि बिक्री गर्न राखिएको उहाँले जानकारी दिनुभयो । उहाँहरुले चिया भने नि:शुल्क वितरण गर्नुभएको छ। सबै महिलाहरु अनेमसंघमा आवद्व छन् । दुईवटा स्टल राखेर ३० देखि ३५ जना खटिँदा पनि भ्याई नभ्याई भएको उहाँको भनाई छ । सेल गाईको घ्युमा पकाउने गर्नुभएको छ। चुलो चौकोमा सीमित नहुन आग्रह गर्दै आफ्नो सीपको उजागर गरे चुलौमै बसेर राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।