काठमाडौं । नयाँ सरकार गठनसँगै पूँजी बजार ओरालो लागिरहेको छ ।
अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएपछि र उनले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटपछि पूँजी बजार ओरालो लागिरहेको छ ।
यस आर्थिक वर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि पनि लगानीकर्ता पूँजी बजारप्रति त्यति उत्साहित हुन सकिरहेका छैनन् ।
भलै मौद्रिक नीतिले लगानीकर्ताको धेरै माग सम्बोधन गरिरहेको छ भने बैंक तथा वित्तीय संस्थामा तरलता थपिदै गएको छ ।
जसका कारण बैंकहरुले ब्याजदर कम गर्दै पनि लगिरहेका छन् । तर, पनि पूँजी बजार अपेक्षा गरिए अनुसार बढ्न सकिरहेको छैन् ।
अन्य कारण भन्दा पनि लगानीकर्तामा सेयर शिक्षाको कमी एवं विश्वासको वातावरणको कमिले पूँजी बजार घटिरहेको बताउँछन् अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी ।
पूँजी बजारमा जथाभाबी लगानी गर्ने प्रवृत्ति घट्दै गएको र पूँजी बजारको सुधारका लागि संस्थागत लगानीकर्ता भित्र्याउनुपर्ने उनको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्