४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


नेपाली संगीतमा झरी विम्बको प्रयोग कस्तो कस्तो ?


0
Shares

काठमाडौं । नेपाली सङ्गीतमा पनि थुप्रै चर्चित गीत–संगीतको भावभूमि मौसमले तयार पारेको पाइन्छ ।

चलचित्र होस या आधुनिक सुगम–सङ्गीत, लोक र पप सबै विधामा झरी वा वर्षा श्रोतासँग संवादका माध्यम बनेका छन् ।

यो कहिले छिटाउँछ, कहिले बर्सिन्छ, घरी सिमसिम गर्दै झर्छ घरी झमझमे भाकामा दर्किन्छ । विचित्र छ पानी ।

साउनको झरी बनि तिमी आउन नारायण गोपाल, बर्षातमा झरी पर्दा पानी बनँ लाग्यो केशबाट तप्प चुहिने पानी बनु लाग्यो । रामकृष्ण ढकाल उही झरी कसैको लागि प्रेम, यौन अनि उन्माद बनिदिन्छ कसैको लागि विरह ।

मान्छेका जीवनको हरेक पक्ष देखाउँछ झरीले । मिर्मिरे साँझमा सिमसिमे पानी सातै रंगे इन्द्रेणी रानी सजाइदेउ मेरो जीवन, झमझम पानी पर्यो असारको रात, साउने झरीमा त्यो गाउँको गोरेटो, वर्षा आनन्दमात्र होइन, व्यक्ति र सिंगो समाजकै लागि चुनौती पनि बनिदिन्छ ।

यसले घरबार डुबाइदिन्छ, बस्ती बगाइदिन्छ । त्यसैले यो त्रासदीको विम्ब पनि हो ।

नेपाली संगीतमा यस्तै त्रासदीका कारण मनै चिर्ने सिर्जनाहरू पनि जन्मिएका छन् ।

गीतचरी लैजा समाचार वर्षा र संगीतबीचको यस्तो अन्तरसम्बन्धकै कारण झरीको तीव्रता र मन्दताले सर्जकको मुडलाई पनि नौलो प्रयोग गर्ने उर्जा प्रदान गरेको पाइन्छ ।

वर्षा वा झरी सुख–दुःख बनेर हाम्रो भावनामा मिसिएको छ । संगीतले हाम्रा यिनै भावनाका तन्तुहरूलाई झङ्कृत गर्छ ।