
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गर्नुभएको छ ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गर्नुभएको हो । उहाँले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमिक र श्रम मन्त्रालयमा केही गरौँ भन्ने उद्देश्यले आएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनमा सक्रिय रहेका संघसंस्थालाई राज्यले पनि विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्