Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


लुम्बिनीमा नेपाल थेरवाद बौद्ध संग्रहालय स्थापना


0
Shares

काठमाडौं, माघ ५ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक नेपाल थेरवाद बौद्ध संग्रहालय स्थापना भएको छ ।

बौद्ध महिला संघ नेपालको सक्रियतामा लुम्बिनी स्थित धर्मोदय सभा स्वयम्भू महाचैत्यमा संग्रहालय स्थापना गरिएको हो ।

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संग्रहालयको यही माघ १२ गते प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उदघाटन गर्ने जानकारी दिएको छ ।

थेरवाद परम्पराको संस्थागत प्रतिनिधित्व गर्ने उद्धेश्यले थेरवाद बुद्धिष्ट एकेडेमी, अखिल नेपाल भिक्षु महासंघ र अन्तर्राष्ट्रिय भिक्षुणी संघको सहकार्यमा संग्रहालय बनेको हो । संग्रहालयमा १२ वटा ग्यालरीहरु रहने जनाइएको छ ।