Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


एमाले लुम्बिनीको नारा– ‘१ रोटी पेट में २ रोटी पिठ में’


0
Shares

परासी । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले ‘१ रोटी पेट में २ रोटी पिठ में’ नारालाई अघि सार्दै १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा सहभागी हुन कार्यकर्तालाई आव्हान गरेको छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

‘उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यकर्ताहरू माझ ‘१ रोटी पेट में २ रोटी पिठ में’ (एक रोटी पेटमा, २ रोटी झोलामा) नारा तय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘बिहीबार साँझ घरबाट १ रोटी खाएर हिड्ने साथीहरूले शुक्रबार बिहान एक रोटी खानेछन् भने साँझमा अर्को रोटी खाएर फर्कनेछन् ।’

लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको सचिव ढकालले बताउनुभयो । महाधिवेशनमा सहभागी हुनेका लागि खानपानदेखि यातायातसम्मको व्यवस्था प्रदेश कमिटीले मिलाएको उहाँको भनाइ छ ।

एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन चितवनको नारायणी किनारमा मंसिर १० गते हुँदैछ । उद्घाटनमा एमालेले ५ लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ ।