Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


भ्रमण वर्ष सफल पार्न धार्मिक सम्पदाहरुको महत्वपूर्ण भूमिका : पर्यटनमन्त्री


0
Shares

काठमाडौं, माघ ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न धार्मिक सम्पदाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

आउँदो फागुन १ देखि ९ गतेसम्म आयोजना गर्न लागिएको महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको शनिबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले नेपालका हजारौं धार्मिकस्थलबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने धारणा राखे ।

भारत र चीनबाट हिन्दु र बौद्धधर्मका अनुयायी आउने भएकाले धार्मिक पर्यटनबाट ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।

सरकारको नीति तथा कार्यक्रममा पनि धार्मिक कार्यक्रमका लागि बजेट छुट्याइएकाले यसले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले उल्लेख गरे ।

कार्यक्रममा पण्डित तथा ज्योतिषी डा. रुद्रनाथ अधिकारीले नेपालको अर्थतन्त्रमा धार्मिक पर्यटनले सघाउ पुगे पनि सरकारले खासै प्राथमिकतामा राख्न नसकेको गुनासो गरे ।