-नविन लामिछाने(रासस)
मनाङ । सिंगापुरमा ए लेवल पढ्दै गरेका मनाङ नासों गाउँपालिका दानक्युका ३३ वर्षिय अपिल लामा आफ्नै गाउँमा माछापालनमा ब्यस्त छन् ।
करीव तिन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर बिगत डेड वर्ष देखी व्यवसाय सुरु गर्दै आएका हुन् । सुरुमा हिमाली आयोजनको ५६ लाख र आफ्नो २५ प्रतिशत गरी जम्म ८५ लाखमा सन्चालन गरेको लामाले बताए ।
समुन्द्री सतह वाट २२ सय मिटर उचााईमा संन्चालन गरीएको यस माछा फार्म हिमाली जिल्लाको सवै भन्दा अग्लो स्थनमा रहेको छ । यस फार्ममा रेन्वो टा«उट जातका माछहरु राखिएको छ ।
नेपालमा बैदेशिक मोह बढ्दै गहेको अवस्थामा यतातर्फ आकर्षित हुनुका कारण बारे उनले भने, हामी पढेका युवाहरु विदेशमै रह्यौ भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास ? बिदेशमा पढेर स्वदेशमा आफ्नो गाउँठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले म सिगापुरको ए लेवलको पढाई छोडेर आफ्नै गाउँमा यो व्यवसाय सुरु गरेको हुँ ।’
उनको फार्ममा साना भुरामाछा उत्पादनका लागिआठ वटा रेस मार्ग बनाइएको छ भने ठुला माछाका लागि ११ वटा रेस मार्ग रहेको छ । उनले सुरुमा नुवाकोट सुनखानीबाट ५ हजार माछाका भुराहरु ल्याएर राखेको र त्यसमा केही माछाका भुराहरु हावपानी र वातवरण नमिलेर मरे । हाल तिनै बाँचेका बाट उत्पान लिई रहेको लामाले बताए । यस फार्ममा हाल सात हजार माछाहरु हुर्किरहेका छन् ।
लामा विहान उठे देखि वेलुकासम्म फार्मको रेखदेख माछालाई दाना र माछा समात्ने साथै ग्राहकहरुको माग अनुसार विक्रीवितरणमा व्यस्त हुन्छन् । आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मनिसहरु खुसी भएको लामाको भनाइ छ ।
प्रति किलो १४ सय रुपयाँमा धमाधम विक्री भएको र ग्रहकको माग अनुसार आफूले पुराउन नसकेको लामाले वताए । प्रत्येक दिन १२ देखी १५ किलो सम्म बेच्ने गरेको र होटलव्यवसायको लागि पुराउन नसकेको उनको भनाई छ ।
लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक रु १ लाख २० हजार भन्दा बढी आम्दानी हुने गरेको श्रीमती गुरुङले बताइन् । अहिले उनीहरुको मासिक खर्च ३० हजार हुने गरेको छ ।
अन्नपूर्ण पदमार्गको छेउमै रहेको यस फार्ममा स्याक्यु खोलाको चिसो पानीमा माछाहरु खेलिरहेको मनोरमम दृस्यले घरमा राखिने एक्यूरेम जस्तै आनन्द लिने गर्छन । यही दृश्य हेर्नलाई पनि पर्यटकहरु आउने र माछा खानको लागी लाने गरेको लामाले बताए
हाल यस फार्मका लागि उर्जा प्रवद्रधन केन्द्रले ३३ लाख मूल्य वरावरको सोलार सहयोग गरेको छ । माछा पालन स्थलमा दुई वटा स्ट्रि लाइट राखिएका छन् ।
पहिला बाहिरबाट माछाका भुराहरु आयत गर्दा बढी ढुवानी खर्च लाग्ने र सबै भूराहरु सकुशल नहुने हुनाले अहिलेबाट आफूले नै उत्पादन गर्न थालेको लामाले बताए ।
हाल यही उत्पादन भएका ५ हजार भन्दा बढी माछाका भुराहरु रहेका छन् । उनी दक्षिण कोरियको लागि भिसा लागे पनि यहीं केही गरांै भनेर काम थालेको बताए ।
रहर र कहरले बिदेशिने मनहरुलाई यही केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने उदाहरण माछा फार्म बन्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्