३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेता सुवासचन्द्र नेम्वाङको घोषणा


0
Shares

काठमाडौं । नेकाि एमालेका नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चितवनमा हुने नेकपा (एमाले) को दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहनु भएका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताउनुभयाे । चुनाव हुने अवस्था आएको खण्डमा आफुले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयाे ।

सर्वसम्मत मै जाने जोड दिनुभएको नेम्वाङले भन्नुभयाे ‘सर्वसम्मतमा भएन भने उम्मेदवारी नै दिनछु ।’ नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताउनुभयो ।

गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । साे पदमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।