काठमाडौं, माघ २ । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन फुकुवा गरेको छ ।
आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धानका लागि करिब एक महिनाअघि श्रेष्ठ निलम्बनमा परेका थिए ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठको निलम्बन फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुष्टि गरेका हुन् ।
पत्रकारहरुको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गरिएको तर उनीमाथि लागेका आरोप पुष्टि गर्ने आधार नभेटिएकाले निलम्बन फुकुवाको निर्णय गरिएको बताएका हुन् ।
योसँगै श्रेष्ठ स्वतः पुनर्बहाली हुनेछन् ।
श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्च अदालतमा परेको मुद्दामा एनसेललाई सघाएकोलगायतका आरोप लागेपछि राष्ट्र बैंक सन्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।
समितिले दोषी किटान गरेपछि सरकारले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो ।





प्रतिक्रिया दिनुहोस्