काठमाडौं, माघ २ । भूकम्प सुरक्षा दिवसमको अवसरमा ललितपुरमा प्रभातफेरी निकालिएको छ ।
ललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय ललितपुरले संयुक्त आयोजना गरेको प्रभातफेरीमा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत सर्वसाधरणको सहभागिता रहेको थियो ।
र्यालीमा भूकम्पबाट बच्ने उपायसहितका जनचेतनामुलक व्यानर,प्लेकार्ड बोकेका थिए । जावलाखेलबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरी मंगलबजार पुगेर सम्पन्न भएको थियो ।




प्रतिक्रिया दिनुहोस्