Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पशुपति क्षेत्र विकास कोषका नयाँ कार्ययोजना


0
Shares

नवीन शर्मा, राजेन्द्र नापित र भरत केसी (इमेज)

काठमाडौं, माघ १ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको विकासका लागि नयाँ कार्ययोजनाका साथ अघि बढ्ने जनाएको छ ।

कोषले भूकम्पबाट भत्किएका सम्पूर्ण संरचनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताएको छ ।

कोषले पशुपति क्षेत्रको विकासका लागि चाँडै नै नयाँ योजनाका साथ अघि बढ्ने बताएको छ ।

विश्वभरिका हिन्दुहरुको आस्थाको स्थल पशुपति क्षेत्रको समयानुकूल विकास हुन नसकेको टिप्पणी चौतर्फीरुपमा बढेपछि कोषले नयाँ सोचका साथ अघि बढ्ने जनाएको छ ।

केही दिनअघिमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको अनुगमन गरी आगामी दिनमा गर्ने कामको विस्तृत कार्ययोजना पेस गर्न निर्देशन दिएका थिए ।

विकास कोषले सरकारलाई पेस गर्न लागेको नयाँ कार्ययोजनामा यहाँ रहेको वेदविद्याश्रमलाई अझ बढी व्यवस्थित बनाउने, बगैंचाहरुको विकास गर्दै सर्वसाधारणका लागि पनि प्रवेशको व्यवस्था गर्ने, भारतबाट ठूला धार्मिक गुरुहरुलाई आमन्त्रण गर्ने, सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सहयोग पुर्‍याउने, सवारी पार्किङको व्यवस्था गरिनेलगायतका योजनाहरु रहेका छन् ।

त्यसैगरी, कोषले अबको केही महिनाभित्रै भत्किएका संरचनाहरुको पुनःनिर्माण सम्पन्न हुने जनाएको छ  ।

भूकम्पले क्षति पुगेको पशुपति मृगस्थली वरपरका संरचना र विश्वरुप क्षेत्रमा रहेका केही संरचनाको पुनःनिर्माणमा भने विकास कोषले काम अघि बढाएको छैन ।

यहाँको संरचनाबारे काठमाडौं महानगरपलिकाले पुरातत्व विभागसँग समन्वय गरेरमात्र काम अघि बढाउन निर्देशन दिएपछि यहाँको काम ठम्प भएको हो ।

विश्वरुप वरिपरि रहेका सत्तल र मन्दिरहरु पुरानै अवस्थामा फर्काउन पुरातत्व विभागसँग समन्वय भइरहेको विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रको सुन्दरता बढाउन वाग्मती स्वच्छता अभियान थालिएपनि यसले पूर्णता पाउन सकेको छैन ।

भिडियो हेर्नुहोस्

Skip This