रसुवा । निर्माणाधिन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य ६ दिनदेखि ठप्प भएको छ ।
आयोजनाले स्थानीयको मागको बेवास्ता गरेको भन्दै मैलुङ खोला जलविद्युत् सरोकार समितिले विरोध गरेपछि आयोजनाको काम ठप्प भएको हो ।
समितिले आयोजनालाई एक हप्ताको अल्टिमेटम दिँदै १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा स्थानीयलाई क्षमता र सिपका आधारमा रोजगारी सिर्जना गर्नुपर्ने, घरजग्गा अधिग्रहण गरिएको परिवारलाई प्रतिव्यक्ति एक हजार कित्ता सेयर निःशुल्क दिनुपर्ने, खानेपानीको व्यवस्था गर्नुपर्ने, सडकको स्तरोन्नति गर्नुपर्नेलगायतका माग रहेको जनाइएको छ ।
जिल्लाको उत्तरगया गाउँपालिकामा निर्माणाधिन १४ दशमलव ३ मेगावट क्षमताको आयोजनाले टनेल तथा पावर हाउससम्म जाने सडक निर्माणको काम मात्रै सम्पन्न गरेको छ ।






प्रतिक्रिया दिनुहोस्