२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भृकुटीमण्डपमा छाला जुत्ता चप्पल मेला सुरु


0
Shares

काठमाडौं, कात्तिक २६ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी सुरु भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारीक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भर्खरै करोनाको कहरबाट अर्थतन्त्र पूर्वपत् अवस्थामा फर्कदै गर्दा बैंक तथा वित्तिय संस्थामा देखिएको तरलतालको अभावले अर्थतन्त्र पुनः डामाडोल हुने हो की भन्ने आशंका रहेको बताउनुभयो ।

यो समस्याको समाधानको उपाय समयमा खोज्न नसके उठ्न थालेका उद्योग कहिले पनि उठ्न नसक्ने गरि ढल्ने खतरा रहेको ढकालले बताउनुभयो ।

प्रदर्शनी मंसिर १३ गतेसम्म सञ्चालन हुने छ । अवलोकनकर्ताहरुलाई आकर्षित गर्न छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजकले जनाएका छन् ।

प्रदर्शनीमा नेपालका ३० कम्पनीका एक सय भन्दा धेरै स्टल राखिएका छन् । प्रदर्शनीमा करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

एशोसियसनले बर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा बर्षमा एक पटक यस्तो मेला आयोजना गर्दै आएको छ ।