काठमाडौं, पुस २८ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीको सोमबार काठमाडौंमा सम्पन्न सातौं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने र ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै, कम्पनीले चुक्तापुँजीको १२ प्रतिशत अर्थात् एक अर्ब ३२ करोड नगद लाभांशसमेत वितरण गर्ने भएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष ऊर्जासचिव दिनेशकुमार घिमिरेले उत्पादनशील क्षेत्रमा सरकारले पुँजी वृद्धि गर्ने योजना ल्याएको भन्दै जलविद्युत्को क्षेत्रमा लगानी वृद्धि गरी संस्था आत्मनिर्भरतातर्फ उन्मुख भएको बताए ।





प्रतिक्रिया दिनुहोस्