काठमाडौं, पुस २७ । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गर्नु भएको छ ।
बंगलादेशका सेना प्रमुख जनरल अजिज अहेमदको निमन्त्रणामा नेपाली सेनाको एम २८ स्काइ ट्रक विमानबाट आइतबार उनी ढाका गएका छन् ।
सात सदस्यीय भ्रमण दलसहित जानु भएका प्रधान सेनापतिले त्यहाँ रहँदा बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्ता र ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक मूख्यालयले जनाएको छ ।
उक्त भ्रमण अवधि भर प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।




प्रतिक्रिया दिनुहोस्