Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


कुटपिटले लियो ज्यान


0
Shares

रसुवा, पुस २७ । कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् ।

सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी तामाङको मुक्का  प्रहारबाट शनिबार राति गुरूङको निधन भएको प्रहरीले जनाएको छ । शनिबार साँझ साढे ८ बजे गोल्जुङ इलाका क्षेत्रमा दुई पक्षबीच सामान्य विवाद हुँदा  तामाङले गुरूङलाई एक्कासि मुक्का प्रहार गर्दा ढुङ्गामा पछारिई टाउकामा गम्भीर चोट लागेर उनको निधन भएको बुझिन आए पनि घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

सैबीच रसुवागढी नाकाबाट लुकाइछिपाई केरूङतर्फ लान लागिएको अमेरिकी डलर सात हजारसहित रसुवा गोल्जुङका एक युवक शनिबार यहाँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोल्जुङ निवासी २२ वर्षीय कान्छाकुमार घले रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए । अभियुक्त घलेमाथि कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस