Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या : गृहमन्त्री खाँण


0
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वनमा समस्या भएको गुनासो गर्नुभएको छ ।

गृह जिल्ला रूपन्देहीको तिलोत्तमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारले ल्याएको बजेटलाई कागजी घोडाको संज्ञा दिनुभयो ।

अघिल्लो सरकारको बजेट सच्याएर आफूहरुले नयाँ बजेट ल्याएको भन्दै खाँडले बजेट अभावका कारण ओली सरकारले ल्याएका योजना कटौती गर्नुपरेको तर्क पनि गर्नुभयो ।