काठमाडौं, पुस २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनैपनि व्यवसायीहरुले लगानी डुब्छ भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
नेपाल आयल निगमको ५०औं वार्षिकोत्वसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टले लगानी डुब्छ भनेर चिन्ता नलिन आग्रह गरे ।
व्यवसायीको लगानी सुरक्षित गर्न सरकारले सहयोग गर्ने भन्दै उनले ढुक्क भएर काम गर्न आग्रह गरे ।
मन्त्री भट्टले नेपाल आयल निगमलाई कुनैपनि हालतमा निजी क्षेत्रलाई सन्चालनका लागि नदिने पनि स्पस्ट पारे ।
उनले निगमलाई अब जलविद्युत्को क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले निगमले ग्यासको अन्तरदेशीय पाइपलाइनको विस्तारमा ध्यानकेन्द्रित गर्ने बताए ।
भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तारको काम सुरु गरेको भन्दै उनले पेट्रोलियम पदार्थको भन्डारण क्षमता वृद्धिका लागि पनि काम गरिरहेको जानकारी दिए ।
यस्तै, निगमले कर्मचारीलाई एक महिनाको पारिश्रमिक बराबर बोनस दिने भएको छ ।
कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्