काठमाडौं, पुस २५ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले धितोपत्र बोर्डको विकासका लागि प्रविधिको क्षेत्रमा जोड दिने बताएका छन् ।
बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबार काठमाडौंमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा प्रविधिगत विकास गरी अनलाइन कारोबारलाई चुस्त बनाउन जोड दिने बताएका हुन् ।
उनले धितोपत्र बजारमा संस्थागत विकास र बजारको दायरा विस्तार गर्न क्रियाशील रहने पनि बताए ।
बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले धितोेपत्र नियमावली संशोधन गर्नुपर्ने र बैंकले अझैपनि ब्रोकर लाइसेन्स प्राप्त गर्न नसकेकालगायतका विषयप्रति अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।
धितोपत्र बोर्डको सातौं कार्यकारी अध्यक्षको रुपमा ढुंगानाले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।






प्रतिक्रिया दिनुहोस्