Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कांग्रेस संसदीय दलको बैठक शनिबारसम्मका लागि स्थगित


0
Shares

काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल भएको छ ।

यद्यपि, शुक्रबार कुनै निर्णय लिइएको छैन । बैठक शनिबार दिउँसो २ बजे फेरि बस्नेगरी स्थगित गरिएको छ ।

बैठकमा सदनमा आफ्ना मुद्दाहरुलाई कसरी पेस गर्ने भन्नेबारेमा सांसदहरुबीच छलफल भएको जनाइएको छ ।

बिहीबार कांग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय माग गर्दा नपाएपछि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको थियो ।

कांग्रेसले बहिस्कार गरेपछि पनि सभामुखले बैठक निरन्तर सन्चालन गरेको विषयलाई गम्भीररुपमा लिइएको नेताहरुले बताएका छन् ।

संविधानमा व्यवस्था गरिएको मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

हालै गठन गरिएको संसदीय समितिकाबारेमा पनि बैठकमा छलफल भएको छ ।