Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत


0
Shares

काठमाडौं, साउन १८ । संसदीय सुनुवाइ विशेष समिति बैठकको दुईतिहाइ बहुमतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको छ ।

कांग्रेसले बैठक बहिस्कार गरेपछि बाँकी १० जना सत्तापक्षीय सांसदले जोशीकोविरुद्धमा मत दिएका थिए । जोशीको पक्षमा भने एक भोट पनि खसेन ।

शुक्रबार सिंहदरबारमा बिहान १० बजेदेखि बसेको बैठकमा सत्ता र प्रतिपक्षी दलबीच प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सहमति नबनेपछि बहुमतले निर्णय लिइएको हो ।