Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


पुनर्निर्माण प्राधिकरणद्वारा थप ८ सय ४१ लाभग्राही कायम


0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ८ सय ४१ लाभग्राही कायम गरेको छ ।

प्राधिकरणको बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार गुनासो सम्बोधन गर्दै ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही र ८ सय ३६ जनालाई प्रवलीकरण लाभग्राही कायम गरेको हो ।

यस्तै १८ हजार २ सय जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

यसअघि तीनपटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो ।

त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।