काठमाडौं । पछिल्ला तिन दिन लगातार दोहारो अंकले उकालो लागी ५० अंक बराबरले सुधारिएको शेयर बजारमा बुधबार भने सामान्य गिरावट आयो ।
नेप्से र कारोबार दुबैमा करेक्सन आएको हो । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ऋणात्मक रही १२ सय ९ कायम भएर थामियो ।
कारोबार भएका मध्ये आधा भन्दा बढी समूह ओरालो लागेसंगै नेप्से ऋणात्मक रहेको हो ।
यसदिन कारोबार भएका मध्ये लघुवित्त र उत्पादनमुलक समुह दोहोरो अंकले उक्लदा निर्जिवन बिमा, होटल र वाणिज्य बैंक समुह भने दोेहोरो अंकले ओर्लिए ।
यसदिन १ सय ७२ कम्पनीको २१ लाख ८५ हजार कित्ता शेयर ७३ करोड ८५ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्