काठमाडौं । निर्यातकर्ताहरुले निर्यात बढाउनका लागि निर्यात गृहको स्थापना, निर्यात योग्य बस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियतदरमा बैंकिङ ब्याज उपलब्ध गराइनुपर्नेमा जोड दिएका छन् ।
निर्यातकर्ताहरुको प्रतिनिधिमुलक संस्था नेपाल निर्यात परिषदले हरेक जनवरी ७ मा मनाउँदै आएको निर्यात दिवसका सन्दर्भमा जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले निर्यात बढाउनका लागि सरकारबाट हुनुपर्ने कामका सन्दर्भमा उल्लेख गरेका हुन ।
यसका लागि विश्वव्यापी मान्यता हुने आधुनिक ल्याव स्थापना, भन्सार प्रणालीमा सहज अनलाइन प्रणाली लागू र विभिन्न देशमा रहेको नेपाली दूतावास एवं कुटनीतिक नियोगहरु मार्फत नेपालका निर्यातयोग्य वस्तुहरुको ब्यापक प्रचार प्रसार गरिनुपर्नेमा पनि उनले जोड दिए ।
यस क्षेत्रमा कामदारको कमी, चर्को बैंकिंङ ब्याजदर, नगद प्रोत्साहन दिन प्रक्रियागत झन्झट आदी प्रमुख समस्याका रुपमा रहेको पनि परिषद्ले जनाएको छ ।
आयातमुखी बजारलाई निर्यातमुखी बनाउन यो पनि दिवस मनाउँदै आएको परिषदको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्