Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संसदीय सुनुवाइ समितिको बैठक आज, प्रधानन्यायाधीशबारे होला निर्णय !


0
Shares

काठमाडौं, साउन १८ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने भन्ने विषयमा निर्णय लिन सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र विपक्षका सांसद विभाजित भएपछि अनुमोदनको विषय अन्यौलमा पर्दै आएको छ । कांग्रेस र राजपा जोशीका पक्षमा सकारात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपाले जोशीको शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गर्दै आएको छ ।

जोशी उपर लागेका अभियोग छानविन गर्न उपसमिति बनाउने या नबनाउने भन्ने विषयमा पनि सांसदहरु एकमत हुन सकेका छैनन् । यसअघि पटक पटक सर्दै आएको समितिको बैठकलाई आज निर्णायक बनाउने समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।

सहमतिमा निर्णय नभए प्रक्रियामा लैजाने तयारी गरे पनि प्रतिपक्ष दलका सांसदहरुले विरोध गरेपछि यो प्रकरण लम्बिँदै गएको छ ।