Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्ट कार्यालय स्थापना


0
Shares

कैलाली । भारत सरकारले सुदूरपश्चिमको मुख्य व्यापारिक नाका गौरीफन्टामा क्वारेन्टाइन चेकपोष्टको कार्यालय स्थापना गरेको छ ।

गौरीफन्टा सीमा नजिकै रहेको कस्टम कार्यालयमा आइतबार क्वारेन्टाईन चेक पोष्ट कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको भारतीय सुरक्षा बल एसएसबी कमान्डर मुन्ना सिंह र पलियाका ब्यापारी रवी गुप्ताले उद्घाटन गरे ।

गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्टको स्थापना भएपछि सुदूरपश्चिमका कृषकहरुले कृषि उत्पादन तथा भारत निर्यात गर्ने बस्तुहरु कैलालीको गौरीफन्टा नाकाबाट आयात निर्यात हुने बनस्पति संरक्षण अधिकारी गौरीफन्टाका प्रमुख रोमन लेप्चाले बताए ।

यसअघि गौरीफन्टा नाकामा क्वारेन्टाईन चेक पोष्ट नहुँदा पहाडबाट आउने अदुवा, जडिबुटी, कृषि जन्य अन्य उत्पादनहरु नेपालगञ्ज नाका भएर भारत निर्यात हुने गरेको थियो ।