Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


माटोबिना नै यसरी हुन्छ तरकारी खेती (भिडियो)


0
Shares

प्रकाश धौलाकोटी

तेह्रथुम, साउन १८ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलाका युवाहरुले माटोबिनाको तरकारी खेती थालेका छन् ।

१० जना युवा मिलेर युनिक युवा कृषक समूह गठन गरी सामुहिक रुपमा माटोबिनाको तरकारी खेती थालेका हुन् ।

माटोबिना पनि तरकारी खेती हुन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हो, पहिलो पटक सुन्दा यस्तै लागेको थियो– तम्फुलाका युवा अनिल नेपाललाई पनि ।

तर, हाइड्रोपोनिक प्रविधिको बारेमा इन्टरनेटमा खोजी गरेर पत्ता लगाएपछि अहिले उनकै नेतृत्वमा तम्फुलाका युवाहरुले माटोबिना नै तरकारी खेती गरिरहेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्