Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


इलाम सदरमुकाम र झापा जोड्ने द्रुतमार्ग संचालनमा


0
Shares

इलाम । इलामको सदरमुकामसँग झापा जोड्ने द्रुतमार्ग संचालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो ।

सडक संचालनमा आएपछि स्थानीय खुशी भएका छन् । यो सडकबाट इलाम नगरपालिकाको भञ्ज्याङ हुँदै पुवाखोला–सोयाक, राकसे–बेलाँसे, चिसापानी–दानाबारी हुँदै झापाको विर्तामोड पुग्न सकिन्छ ।

मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कल हुँदै चारआलीबाट ८६ किलोमिटरको दूरी पार गर्नु पर्दछ ।

तर द्रुत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ । सडक कालोपत्रे नहुँदा भने समस्या भएको स्थानीयको गुनासो छ ।

इलामबाट तराई जोड्न हाल मेची राजमार्ग बाहेक,गाग्रेभञ्ज्याङ, जितपुर दानावारी सडक र इलाम माइखोला हुँदै चिसापानी, दानावारीबाट विर्तामोड पुग्ने सडक संचालनमा छन् ।