Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेप्से अढाइ अंकले ऋणात्मक


0
Shares

काठमाडौं, साउन १७ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले ऋणात्मक रहेर थामियो ।

अघिल्लो दिन २ अंकले सकारात्मक रहेको बजार यसदिन पनि उस्तै अंकले ऋणात्मक रह्यो । कारोबार पनि अघिल्लो दिनजस्तै रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से अढाइ अंकले ऋणात्मक रहेर ११ सय ९१ कामय भएर थामियो ।

उत्पादनमूलक र वाणिज्य बैंक समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५७ अंकले झर्‍यो । जीवन बिमा समूह पनि २६ अंकले घट्यो । लघुवित्त समूह पनि दोहोरो अंकले घट्दा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ६ लाख ७२ हजार कित्ता सेयर २० करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।