१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बुधबार र बिहीबार देशैभर चिसो बढ्ने


0
Shares

काठमाडौं, पुस १५ । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज (मंगलबार) हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।

सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताए । रासस