Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ अध्यक्ष भट्टराईकाे टिप्पणी


26
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गर्नु भएको छ ।

भट्टराईले टुइटमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको फोटो सेयर गर्दै सो टिप्पणी गर्नु भएको हो । नेकपा एमालेको प्रथम विधान महाधिवेशन हिजो (शुक्रबार) देखि सुरु भएको छ ।

सोही महाधिवेशनलाई लक्षित गर्दै भट्टराईले लेख्नुहुन्छ, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन,हिटलर र फासीवाद जन्माउने बताउनु भयो । हो।चेतना भया!’