Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


कांग्रेस नेतृत्वलाई गगनको प्रश्न– थितिमा बस्न र विधिमा चल्न नपर्ने ?


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी गगन थापाले नेतृत्वमाथि प्रश्न उठाउँदै महाधिवेशनको मिति सार्ने बहसमा आपत्ति जनाउनुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा मार्फत् उहाँले महाधिवेशनको मिति सार्ने बहसप्रति नै आपत्ति जनाउँदै नेताको आदेशमा कार्यकर्ता कति समय चल्नुपर्ने भन्दै प्रश्न गर्नुभयो ।

उहाले लेख्नुभएको छ, ‘बस् नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !, अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन,’ उहाँले थप्नुभएको छ, ‘कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ?’

यसअघि शुक्रबार नै बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्नुपर्ने प्रस्ताव अघि सारिएको चर्चा भएको थियो । सोही सन्दर्भमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको मिति नसर्ने बताउँदै सार्नैपरे केन्द्रीय कमिटीमा छलफल हुने बताउनुभएको थियो ।

Skip This