Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


चितवनमा रोकिराखेको ट्रकमा बस र कार ठोक्कियो, १३ जना घाईते


0
Shares

चितवन, साउन १७ । चितवनमा गएराति रोकिराखेको ट्रकमा बस र कार ठोक्किँदा १३ जना घाईते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ ।

भरतपुर महानगरपालिका–११ स्थित बाईपास रोडमा इटहरीबाट काठमाडौं जाने क्रममा रोकिराखेको ना५ख ९०९९ नम्बर ट्रकमा सोही दिशाबाट आउँदै गरेको ना५ख १३०६ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा बसमा सवार १२ जना यात्रु घाईते भएका छन् । मध्यम अवस्थामा रहेका सबै घाईतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । 

राती ११ः३० बजे भएको सो घटनामा कार समेत ठोक्किएको थियो । रोकिराखेको सोही ट्रकलाई विपरीत दिशाबाट आउँदै गरेको बा१२च १६६० नम्बरको कारले ठक्कर दिँदा कार चालक भरतपुर महानगरपालिका–१० बस्ने २८ वर्षीय चन्द्रविलास अधिकारी घाइते भएका छन् । गम्भिर अवस्थामा रहेका अधिकारीको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।