Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


माधव नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजे : पूर्वमुख्यमन्त्री गुरुङ


0
Shares

पर्वत, भदौ ३१ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भविष्य समाप्तिको बाटो रोजेको टिप्पणी गर्नुभएको छ ।

एमाले पर्वतको बृहद कार्यकर्ता भेलालाई बिहीबार कुश्मामा सम्वोधन गर्दै उहाँले आफैले १५ वर्षसम्म नेतृत्व गरी जीवनभर पार्टीमा संघर्ष गरेको व्यक्तिले पदको लोभमा विभाजन गरेर नयाँ पार्टी खोल्नु राजनीतिको महाअपराध भएको दाबी गर्नुभयो ।

नेकपा एमालेका केन्द्रीय कमिटि सचिब समेत रहनु भएका गुरुङले पद लोलुपताले नेपाललाई राजनीतिवाट किनारा लगाएको तर्क गर्नुभयो ।