Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सर्लाही मेयर–उपमेयरले खाए स्काउटको ड्रेसमा सपथ


0
Shares

सर्लाही । सर्लाहीका विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरुले नेपाल स्काउटको सपथग्रहण गरेका छन् ।

हरिवनस्थित सम्राट होटल एण्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच पालिका प्रमुखहरुले स्थानीय स्काउट समितिको संरक्षक, उपप्रमुखहरुले प्रमुख स्काउट सदस्य र शिक्षा शाखाका प्रमुखले सदस्य सचिवको रुपमा दीक्षान्त भई पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नेपाल स्काउटको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साह, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिपुर नगरपालिकाका मेयर जमरुदिन मन्सुर, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव सहित विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल स्काउट हरिवन नगर समितिको आयोजना रहेको कार्यक्रम नेपाल स्काउट प्रदेश समितिका संयोजक सरोजकुमार यादवको अध्यक्षता एवं नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय निर्देशक रामप्रसाद भट्टराई, राष्ट्रिय तदर्थ समिति सदस्य वीरेन्द्र ध्वजु, राष्ट्रिय प्रशिक्षक देवेन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको प्रदेश सदस्य नारायणबहादुर कार्कीले जानकारी दिए ।

Skip This