३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


बझाङमा बाक्लो हिमपात, तीन फिटसम्म हिउ, जनजीवन कष्टकर


0
Shares

बझाङ, मंसिर ३० । बझाङको सबैभन्दा विकट साईपाल गाँउपालिकामा बाक्लो हिमपात भएको छ ।

गाँउपालिकाका पाँच वटै वडामा झण्डै दुई देखि तीन फिट हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको हो ।

बाक्लो हिमपात भएपछि स्थानीय घर भन्दा बाहिर निस्कन सकेका छैनन् भने पशु चौपाया समेत चिसोले कठ्याग्रीएका कठ्याङ्ग्रिएका छन् ।

एउटा गाउँबाट अर्को गाउँमा जान समेत नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

गत शुक्रबारदेखि लगातार परेको हिमपातका कारण शैक्षिक संस्थाहरु समेत बन्द भएका छन् । त्यस क्षेत्रमा २५ बर्षपछि मंसीर महिनामै हिमपात भएको हो ।