
काठमाडौं, मंसिर २३ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले रेडियोधर्मी पदार्थको नियमन तथा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि पठाएको छ ।
समितिमा सोमबार भएको छलफल पछि दफावार छलफलका लागि पठाइएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकले केही बुँदा फेरि लेखन गर्ने गरी विधेयक पास गरेको हो ।
समितिका सभापति जयपुरी घर्तीले पहिलो पटक रेडियोधर्मी कानून ल्याउन लागिएकाले लामो समय छलफल गरी पास गरिएको बताइन् ।
विकिरणबाट सुरक्षा तथा संरक्षण सम्बन्धि व्यवस्था, रेडियोधर्मी स्रोतको नियमन सम्बन्धि व्यवस्था, रेडियोधर्मी फोहोरमैलाको व्यवस्थापन, कसुर र सजाय सम्बन्धि व्यवस्था लगायतका विषय विधेयकमा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्