२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


युरोपियन सुपर लिगका नाै‌ क्लब इसिएमा फर्किए


0
Shares

एजेन्सी । युरोपियन सुपर लिग (इएसएल) नामको नयाँ प्रतियोगिताको संस्थापक सदस्य रहेका नाै‍ क्लब पुनः युरोपियन क्लब एसोसियन (इसिए) मा फर्किएका छन् । युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबले पुनः इसिएको सदस्यता लिएका हुन् ।

९ क्लबले २०२३ सम्मको सदस्यता लिएको इसिएले जनाएको छ । इसिएको अध्यक्षमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अध्यक्षसमेत रहेका नासिर अल खेलाफी रहेका छन् ।

प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले इसिएमा फर्किएका हुन् । यी सबै क्लब युरोपियन सुपर लिगको संस्थापक क्लबमा रहेका थिए ।

युरोपियन सुपर लिगको घोषणासँगै चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका सबै ६ क्लबसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इटालियन क्लब इन्टर मिलान र एसी मिलानले सुपर लिगबाट हात झिकेको थियो ।

युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरी स्पेनिस क्लब रियल म्याड्रिडका अध्यक्ष समेत रहेका फियोरेन्टिना पेरेजको अध्यक्षतामा युरोपियन सुपर लिगको घोषणा गरेका थिए । अब युरोपियन सुपर लिगमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्ट्स मात्रै रहेका छन् ।