
भैरहवा, साउन २ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मासु पसलहरुमा अनुगमन गरेको छ ।
१४ वटा मासु र एउटा माछा पसल गरी १५ वटा पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही मासु पसलमा खसी र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेर राखिएको, कुखुरा र खसी एउटै हतियारले काटिएको, दर्ता प्रमाणपत्र नविकरण नगरिएको र मूल्यसूची नराखिएको जस्ता कमजोरी भेट्टिएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विगतमा गरिएको अनुगमनमा दुई सय पचास केजी अस्वस्थकर मासु नष्ट नै गर्नुपरेको थियो, तर यसपटक त्यस्तो अवस्था नरहेको बताइएको छ ।
मासु पसलमा व्यवसायीलाई खसीबोका र कुखुरा अलगअलग भण्डारण गर्न, विक्री गर्दा फरक तराजुको प्रयोग गर्न, मूल्यसूची देखिने गरी राख्न र व्यवसाय दर्ता प्रमाणपत्र नविकरण गर्न सचेत गराइएको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्