Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


तोकिएकै समयमा महाधिवेशन गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने कांग्रेस पौडेल पक्षको निष्कर्ष


0
Shares

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।

महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय केन्द्रीय समितिका नेताहरुको बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो । तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको बैैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताउनु भयो । उहाँले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यतासम्बन्धी विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने स्पष्ट पारेको छ । वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिन सम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताउनुभयो । क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको बैधानिकतालाई धरापमा पार्न नहुने पौैडेल पक्षको दावी छ ।

Skip This